काठमाडाैं । सुनसरीबाट प्रहरीले लागूऔषध गाजा बरामद गरेको छ।
प्रहरीले बर्जु गाउँपालिका-५ मा रहेको भित्रीसडक खण्डबाट शुक्रबार राति २ सय ५७ किलो ४५ ग्राम गाजा बरामद गरेको हाे। इलाका प्रहरी कार्यालय दुहबी र सितागंजबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश-०१-०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट साेही गाजा फेला पारेको हो।
गाडी चालकको खोजी र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।




प्रतिक्रिया दिनुहोस्