Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


कोशीसहित देशका २ प्रदेशमा दिउँसाे र राति वर्षा-हिमपातको सम्भावना


1.6k
Shares

काठमाडाैं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा शनिबार दिउँसाे आंशिक बदली रहेकाे छ।

साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा शनिबार राति आंशिक बदली हुने भएकाे हाे। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

शनिबार भने देशैभरी कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाे महाशाखाले जनाएकाे हाे।