काठमाडाैं । हङकङ सिक्सेस क्रिकेट अन्तर्गतको बाउल लिगमा नेपालले भारतलाई पराजित गरेको छ।
कप फाइनलबाट बाहिरिएको नेपालले शनिबार भएकाे खेलमा बाउल लिगमा भारतलाई ९२ रनले पराजित गरेको हो। नेपालले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमै अल आउट हुँदै ४५ रन मात्रै बनाएकाे थियाे।
नेपालका रसिद खानले ३ विकेट लिंदा बसिर अहमदले २ र रूपेश सिंहले १ विकेट लिएका हुन्। रसिद खानले एकै ओभरमा ३ विकेट लिँदै भारतलाई अल आउट गरेका थिए। रसिद खानले अफगानिस्तानविरूद्धको खेलमा ह्याट्रिक गरेका थिए।
भारतका लागि भरत चिपली र प्रियंक पञ्चलले १२/१२ रन बनाएका हुन्। कप्तान दिनेश कार्थिक र शहबाज नदीमले ७/७ रन बनाएका थिए । स्टुअर्ट बिनी शून्यमा आउट भएका हुन्। पहिले ब्याटिङ गरेको नेपालले विकेट नगुमाइ १ सय ३७ रन जोडेको थियो।
कप लिगबाट बाहिरिएका टोलीहरूबीच बउल लिग खेलाइन्छ। बउल लिगका शीर्ष दुई टोलिबीच फाइनल हुने भएकाे छ।




प्रतिक्रिया दिनुहोस्