Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


हङकङ सिक्सेस क्रिकेटमा नेपाल पराजित


3.4k
Shares

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।

शनिबार बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएकाे हाे। नेपालले दिएको ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । दक्षिण अफ्रिकाका लागि ब्लेक सिम्पसनले सर्वाधिक ३० रन जोडे। बलिङतर्फ नेपालका लोकेश बमले दुई विकेट लिएका थिए। त्यसअघि मङ–कोकमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ दशमलव ३ ओभरमा पूरै विकेट गुमाएर ५८ रन जोडेको थियो ।

नेपालका लागि रशिद खानले १६, लोकेश बमले १४ र आदिल आलमले १३ रन जोडेका थिए । पुल ए मा रहेको नेपाल पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो। याेसँगै नेपाल सिक्सेसको मुख्य प्रतिस्पर्धाबाट बाहिरिएको छ। बाउल लिगमा नेपालले अब श्रीलंका र आइतबार युएईसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे।