Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


कांग्रेसकाे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै (विज्ञप्तिसहित)


494
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो। केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।

बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने उहाँले बताउनुभएकाे हाे। पूर्वमन्त्री आलमको निधन शनिबार बिहान निधन भएकाे थियाे।