Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


काठमाडौंबाट’ग्यास गन’सहित एक जना पक्राउ


1.9k
Shares

काठमाडाैं । काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको सहयोगी नगर बस्ने २१ वर्षीय मनोज ढुंगाना रहेका छन्। बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेकाे हाे ।

उनलई प्रहरीले एउटा ग्यास गन, एउटा मोबाइल र प्रहरीको भीड नियन्त्रणका लागि प्रयोग हुने लेगगार्ड पनि बरामद भएको छ। भीड नियन्त्रण गर्न प्रहरीले ग्यास गन प्रयोग गरेका छन्।

प्रहरीले पाएको विशेष सूचनाको आधारमा कार्यालयको टोली खटिएको थियो। उक्त टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

त्यसमध्ये अधिकांस हतियार फिर्ता भइसकेको प्रहरीको भनाइ छ। यद्यपि सुरक्षा निकाय तथा गृह मन्त्रालयले कति हतियार फिर्ता भएको भन्ने तथ्यांक सार्वजनिक गरेको हाे ।