Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


झापा महिला गोल्डकपको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश


429
Shares

काठमाडाैं । झापा महिला गोल्डकपमा विमला चौधरीको सानदार ह्याट्रिकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

झापाको दुधे रंगशालामा बिहीबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा आर्मीले आरएस पोखरालाई ६–० गोलले पराजित गरेको हो। आर्मीका लागि विमला चौधरीले तीन गोल, विमला विक, जेनिफर राना र शर्मिला थापाले एक–एक गोल गरेका थिए ।

साेही खेलमा ‘प्लेयर अफ द म्याच’ विमला चौधरी घोषित भइन् भने उनले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । अब पहिलो सेमिफाइनल खेल नेपाल पुलिस र संकटा क्लबबीच हुने भएकाे छ। दोस्रो सेमिफाइनल खेलमा भने एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने भएकाे हाे।