Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीलाई पनि भेटे

भण्डारीकाे आन्दोलनमा जलेको घरको पनि निरीक्षण

390
Shares

काठमाडाैं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ।

भंगालस्थित तोड्फोड र आगजनी भएको पूर्वराष्ट्रपति भण्डारीको निवासमा बिहीबार पुगेर निरीक्षणका साथै भेटवार्ता गर्नुभएको हो। गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेनजी आन्दोलनकारीले भण्डारीको निवासमा आगजनी र तोड्फोड गरेका थिए । सोही निवासको गृहमन्त्री अर्यालले बिहीबार बिहान निरीक्षण गर्नुभएकाे छ।

साथै उहाँले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता पनि गर्नुभएको छ। भेटमा पछिल्लो राजनीतिक, समसामयिक विषयहरु र आगामी निर्वाचनकाे बारेमा छलफल भएको हाे। यसअघि गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गर्नुभएको थियो ।