काठमाडाैं ।
बझाङकाे थलारा गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ ।
मृत्यु हुनेमा थलारा–२ का अन्दाजी ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे ।
प्रहरीका अनुसार ट्रयाक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन् ।
चौधरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टर सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।





प्रतिक्रिया दिनुहोस्