काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जसका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो, देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्