Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


काठमाडौंमा खुला राष्ट्रिय महिला बास्केटबल हुने


117
Shares

काठमाडाैं । काठमाडौंमा बुधबारदेखि खुला राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा बुधबारदेखि खुला राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता हुने भएको हाे। एञ्जल हार्ट नेसनल स्कुलको आयोजनामा सिनियर र जुनियर यू-१६ तर्फ समान चार टोलीको सहभागिता रहने भएकाे छ। उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने भएकाे हाे।

सिनियरतर्फ जेभियर इन्टरनेसनल कलेज, साइपाल एकेडेमी, ट्रेनिङ ग्राउन्ड र ग्रान्ड स्टार्स तथा जुनियरमा बौद्ध मेरिडियन स्कुल, रिब्स, भ्याली पब्लिक स्कुल र स्वर्णिम कलेजले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक एञ्जल्स हार्ट नेसनल स्कुलका प्रधानाध्यापक टकबहादुर थापाले यस पल्ट प्रतियोगिता खेल्न प्रवेश शुल्क नराखिएको बताएका हुन्।

नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले युवा खेलाडीलाई सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पहिलो पटक महिला सिनियर र जुनियरको टिमको प्रतियोगिता गराउन लागेको बताएका हुन् । उक्त प्रतियोगिता कात्तिक २४ गतेसम्म हुने भएकाे छ । सिनियरमा हरेक टोलीले एक अर्कासँग दुई खेल खेल्ने भएका छन् । जुनियतर्फ हरेक टोलीबीच एक खेल हुनेछ ।

सिनियरतर्फ विजेताले ४० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने भएका छन् । उपविजेताले २० र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पाउने भएका छन्। जुनियरमा भने पदक र प्रमाणपत्र मात्र प्रदान गरिने आयोजकले जनाएको छ।