Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु


572
Shares

काठमाडाैं । तनहुँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका २८ वर्षीय अमित सुयाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हाे। बिजुलीको प्लगमा तार जोडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मंगलबार अमितलाई एक्कासि करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएकाेमा चिकित्सकले मंगलबार नै मृत घोषणा गरेको प्रहरीले बताएको छ।