Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका ८ पार्टीबीच भाेलि एकताकाे घोषणा गरिंने


793
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ८ वटा पार्टीको एकताकाे घोषणा बुधबार हुने भएकाे छ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ११ बजे ८ वटा पार्टीको एकताकाे घोषणा हुने भएको हाे। माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबीच एकता घोषणा हुने बताउनुभएकाे छ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका ८ दलले आइतबार एकताका लागि सहमती पत्रमा हस्ताक्षर गरेका थिए । सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीमा दाहाल नेतृत्वको माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी, चिरण पुन नेतृत्वको नेकपा, कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा साम्यवादी रहेका छन्।

कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गरेर पार्टी एकताको घोषणा, त्यसको विधान र केन्द्रीय कार्य समिति गठन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ। साथै उहाँले एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने समेत बताउनुभयाे।

एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने उहाँकाे दावी रहेकाे छ। नेता सापकाेटाले उतत्काललाई माओवाद सिद्धान्त छाेडे पनि माओका योगदानका सवालमा सजीव छलफल गरेर पुनर्स्थापित पनि हुन सक्ने समेत बताउनुभएकाे छ।

नेता सापकाेटाले बृहत सजीव छलफल गरेर माओवाद पुनर्स्थापित पनि हुनसक्ने तर अहिले एकता गर्नैपर्ने भएका कारण मात्रै भएकाे बताउनुभयाे।