Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिइन्


572
Shares

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपि नागरिकता लिनुभएको छ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते उहाँको निवासमा तोड्फोड र आगजनी भएको थियो । साेही क्रमममा उहाँको नागरिकता पनि जलेका कारण प्रतिलिपि नागरिकता लिनुभएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर मंगलबार दिउँसो पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिनुभएको छ।