काठमाडौं ।
दैलेख जिल्लाको आठबिस नगरपालिका–४ राखममा जातीय विभेदका कारण एक महिलामाथि कुटपिट गरिएको घटना सार्वजनिक भएकाे छ ।
साेमबार धारामा पानी छोएको विवादलाई लिएर एक दलित महिलामाथि कुटपिट गरिएको पीडित पक्षको भनाइ छ।
उक्त घटनालाई लिएर मानवअधिकारकर्मी र सामाजिक अभियन्ताहरूले घटनाको कडा निन्दा गर्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
घाइते युवतीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ तर दोषीहरूमाथि तत्काल कारबाही भएको छैन।




                
प्रतिक्रिया दिनुहोस्