Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


भैरहवामा एक होटलमा गोली प्रहार, सुरक्षागार्ड घाइते


1.6k
Shares

काठमाडौं ।

रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलको गेट अगाडि गोली चल्दा होटलका सुरक्षागार्ड सामान्य घाइते भएका छन्।

प्रहरीले जनाएको अनुसार गएराति होटलको क्यासिनोमा दुई समूहबीच विवाद भएपछि बाहिर आएर एक समूहले गोली प्रहार गरेको हाे ।

गोली चलाउने समूहका तीन जना फरार रहेका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले जानकारी दिएका छन्। घटनासम्बन्धी क्यासिनोमा रहेका केही व्यक्तिहरूसँग सोधपुछ जारी छ।