काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले गर्दा मौसममा केही परिवर्तन आएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा सामान्य बदली रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली कायम रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ भने बाँकी पहाडी भूभागका एक(दुई स्थानमा पनि यस्तै अवस्था रहनेछ ।
यस मौसमी प्रणालीले जनजीवनमा केही प्रभाव पार्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । विशेषगरी यात्रा गर्ने तथा कृषि कार्यमा संलग्न व्यक्तिहरूलाई मौसमको जानकारी लिएर मात्र अघि बढ्न सुझाव दिइएको छ ।




                
प्रतिक्रिया दिनुहोस्