Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरीको छवि उच्च बनाउनेगरी दृढतापूर्वक काम गर्न प्रहरी महानिरीक्षक खापुङकाे निर्देशन

442
Shares

काठमाडौं। नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

नेपाल सरकार गृहमन्त्रीस्तरको साेमबारको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरी प्रधान कार्यालयमा साेमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयाे ।

दर्ज्यानी चिह्न प्राप्त गर्ने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले रहेका छन् । सोही समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयाे।

प्रहरी महानिरीक्षक खापुङले आ-आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवं कर्तव्यनिष्ठ प्रहरीको छवि उच्च बनाउनेगरी दृढतापूर्वक काम गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभएकाे छ।