Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


प्रधानमन्त्री कार्की र संघीय संसदका दुवै सदनका पदाधिकारीबीच बालुवाटारमा छलफल


338
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका पदाधिकारीहरूबीच छलफल भएको छ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साेमबार साँझ उनीहरूबीच समसामयिक विषयमा छलफल भएको हाे। पछिल्लो समय प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित विभिन्न सरोकारवाला निकायसँगको संवादलाई तीव्रता दिनुभएकाे छ।खासगरी आगामी फागुन २१ गते निर्वाचन गराउनुपर्ने दबाबमा रहनुभएकी प्रधानमन्त्री कार्कीले साेही विषयमा केन्द्रित भएर छलफल चलाइरहनुभएकाे हाे।

सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पद्मप्रसाद पाण्डे तथा सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाारमा पुगेका थिए।