काठमाडौं । जाँचबुझ आयोगले नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोधपुछ गरेको छ ।
आयोगको टोली सोमबार नख्खु कारागार पुगेर थुनामा रहेका लामिछानेसँग सोधपुछ गरेको हो। आयोगले नख्खु कारागारको निरीक्षण गर्नुका साथै अन्य कैदीबन्दीहरूसँग पनि सोधपुछ गरेको छ। आन्दोलनकारीहरूको भीड नख्खु कारागार पुगेपछि लामिछाने कारागारबाट बाहिर निस्किएका थिए । लामिछाने निस्किएपछि अरू कैदीबन्दीहरू पनि कारागारबाट बाहिर निस्किएको आरोप लागेको छ ।
तर लामिछाने र आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले नख्खु कारागारका जेलर सत्यराज जोशीको जारी गरेको पत्रका आधारमा लामिछाने थुनामुक्त भएको दावी गरेका थिए । नख्खुका जेलर जोशीसँग पनि सोधपुछ गरेको पछि आयोगले थुनामा रहेका लामिछानेसँग सोधपुछ गरेको हो ।




प्रतिक्रिया दिनुहोस्