Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


महाधिवेशनको विषयमा सहमति जुटाउन कांग्रेसका पदाधिकारीसहितका शीर्ष नेता छलफलमा


1k
Shares

काठमाडाैं । पार्टीभित्र महाधिवेशन विषयमा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका पदाधिकारीसहितका शीर्ष नेताहरुले छलफल शुरु गरेका छन् ।

ललितपुरस्थित एक होटलमा साेमबार पदाधिकारीहरुसहितका शीर्षस्थ नेताहरुले छलफल गरेका हुन् । छलफलमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु आनन्द ढुंगाना, डा.शशांक कोईराला लगायतका नेताहरुको उपस्थिति रहेको छ। लामो समयदेखि जारी पार्टी केन्द्रीय समितिको बैठकले महाधिवेशनको कार्यकालिताको विषयमा सहमति जुटाउन सकेको छैन।

महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पार्टीभित्र दुई धार देखिएका छन् । संस्थापन पक्षले आम निर्वाचनपछि आगामी वैशाखतिर महाधिवेशन गर्न उपयुक्त हुने अडान लिएको छ भने महामन्त्री थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचनअघि नै विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् ।

यहि मतभेदका कारण जारी कांग्रेसकाे केन्द्रीय समितिको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।