Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


अफगानिस्तानमा ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प


0
Shares

काठमाडाैं ।

अफगानिस्तानको हिन्दकुश क्षेत्रमा ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजिएस) का अनुसार मजार–ए–शरीफ नजिकको खोल्म क्षेत्रमा आज बिहान भूकम्प गएको हो । अफगान अधिकारीका अनुसार प्रारम्भिक विवरणमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

करिब २८ किलोमिटर गहिराइ मापन गरिएको भुकम्पको धक्का राजधानी काबुलसहित आसपासका क्षेत्रहरूमा पनि महसुस गरिएको बताइएको छ ।भूकम्पको कम्पन छिमेकी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

युएसजिएसले आर्थिक र मानवीय क्षतिको उच्च सम्भावना जनाउँदै ’ओरेन्ज अलर्ट’ जारी गरेको छ । गत दुई महिनाअघि पूर्वी अफगानिस्तानमा आएको ६ म्याग्निट्युडको भूकम्पमा दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।