Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


एकीकृत समाजवादी नेतृ रामकुमारीसहितका नेता पुरानाे घर एमालेमा फर्किने तयारीमा

सम्मानित नेता खनाल र महासचिव भुसाल पक्षकाे छुट्टै बैठक

10.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रसित पार्टी एकताको विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरू पनि विभाजित भएका छन् ।

पार्टी पुनर्गठन गर्ने पक्षमा रहेका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षले गौशालामा बैठक गरेकाे एक नेताले बताए । तर, नेतृ रामकुमारी झाँक्री, पूर्वसांसद किसान श्रेष्ठ, अम्बरबहादुर थापा, डा. वंशीधर मिश्रसहित होमबहादुर बुढाथोकी, पिताम्बर तिमिल्सिना र अर्जुन राईहरुले भने नेकपा एमालेमा फर्किनका लागि नेता तथा कार्यकर्तालाई एकीकृत गरिरहेका छन् ।

पूर्वसांसद किसान श्रेष्ठले एमालेसँग वार्ता र सहमति पक्षधर एक ठाउँमा रहेको बताउनुभयाे । उहाँले अब एमालेमा फर्किने तयारी भएकाे समेत बताउनुभएकाे छ।