Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


पहुँचका आधारमा भर्ती गरिएका सबै कर्मचारीलाई तत्काल हटाउन निगमलाई प्रधानमन्त्री कार्कीकाे निर्देशन


3.6k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएकाे छ।

पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिनुभएकाे हाे। कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उहाँले निर्देशन दिनुभएकाे छ।

त्यस्तै, अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरू सुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उहाँले निर्देशन दिनुभयाे। साेही कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँ भन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गर्नुभएकाे थियाे ।