काठमाडाैं । नियमित महाधिवेशनको माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन भएको छ।
सानेपास्थित कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसाे नेपाल विद्यार्थी संघस (नेविसंघ)हितका पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, कांग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा बोल्दै नेविसंघ सदस्य भुवन भट्टले कांग्रेस सुधार अभियान चलाएको बताउनुभयो । कांग्रेस सुधार र रुपान्तरणको मुद्दा आफूहरुले उठाउन खोजेको उहाँकाे तर्क थियाे। नवयुवाको परिवर्तनको आकांक्षालाई नजरअन्दाज गर्न नमिल्ने उहाँले बताउनुभयो । समय सापेक्ष रुपमा आफूलाई परिवर्तन गर्दै जानुपर्नेमा उहाँकाे जाेड छ ।
भट्टले मुलुकलाई नेतृत्व गर्नुपर्ने कांग्रेस आज पार्टीभित्रै रुमल्लिएको बताउनुभयो । कांग्रेसका युवाहरुले उठाएको आवाजलाई नजरअन्दाज नगर्न समेत उहाँले चेतावनी दिनुभएकाे छ। उहाँले तत्काल पार्टीको नियमित महाधिवेशन घोषणा गर्ने र पार्टीमा आम कार्यकर्ताको भावना समेटेर अघि बढ्नुपर्ने माग गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्