Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


थापाथली क्षेत्रमा अवैध संरचनामामाथि महानगरको डोजर चल्याे


793
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रुपमा बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ ।

सम्पदा क्षेत्रमा निर्माण गरिएको संरचनाहरुमा आईतवार महानगरले डोजर चलाएको हो । महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अवैध भौतिक संरचना भत्काइरहेको छ । महानगरपालिकाले राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग पनि भत्काउने बताएको छ ।

अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । महानगर प्रहरी पनि ठूलो संख्यामा खटिएका छन् ।