काठमाडाैं ।
नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।
गत शुक्रबार तोलामा दुई हजार सातसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलामा सातसय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रति तोला दुई लाख ३९ हजार सातसय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने आज घटेको छ ।
चाँदी तोलामा ५ रुपैयाँ घटेर आज तीन हजार ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्