Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


गुल्मीमा छोराले गरे बुबाको हत्या, छोरा पक्राउ


559
Shares

काठमाडौं । गुल्मीको ह्वाङ्दिमा छोराले बुवाको हत्या गरेका छन्।

मालिका गाउँपालिका-३ ह्वाङ्दी मेहलेका ५० वर्षीय धनबहादुर विकलाई छोरा २५ वर्षीय छोरा टोपबहादुर विकले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हसिया र मुग्रा प्रहारबाट बुवाको घटनास्थलमै मृत्यु भएको हो । कुटपिटबाट आमा ४८ वषीया धनमाया विक घाइते उहाँको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज पाल्पा रेफर गरिएको छ ।

हत्यामा सम्लग्न छोरालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको र शवको पोस्टमार्टम आज गरिने जनाइएकाे छ ।