Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


सहरी विकास मन्त्री घिसिङसहितको टोली आज ल्यान्डफिल जाँदै


624
Shares

स्थानीय भन्छन् स् फिल्डमै वार्ता गर्छौं
घरबाट फोहोर ननिकाल्न कामपाको आग्रह
अतिप्रभावित स्थानीय निकाय प्रमुख र स्थानीयको आक्रोश

काठमाडौं ।

बन्चरेडाँडा ल्यान्डफिल साइटका अति प्रभावित स्थानीय निकायका प्रमुख र स्थानीयले बन्चरेडाडा ल्यान्डफिल साइटमा देखिएको समस्याको दीर्घकालीन समस्या समाधान गर्न सहरी विकासमन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग मात्रै वार्ता गर्ने अडान राखेपछि सहरी विकास मन्त्री घिसिङसहितको उच्चस्तरीय टोली आज बिहान बन्चरेडाडा ल्यान्डफिल साइट जाने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा मन्त्री घिसिङ, सहरी मन्त्रालयका सचिव गोपाल सिग्देल, कामपाका प्रमुख प्रसाशकीय अधिकृत सरोज गुरागाईँ, कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईसहित सुरक्षा निकायको टोली ल्यान्डफिल साइट जान लागेको हो ।

टोली बिहान ७ बजे काठमाडौंबाट हिँड्ने तयारी छ । शुक्रवार सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलको आग्रहमा बसेको बैठक भनाभनमै सकिएको थियो । आक्रोशित स्थानीयले सचिव वा अन्य कोहीसँग पनि वार्ता नहुने बताएका थिए । स्थानीयको मागका आधारमा मन्त्री घिसिङसहितको टोली ल्यान्डफिल साइट अवलोकन र वार्ता गर्न जान लागेका हुन् ।

उच्च स्रोतका अनुसार ल्याल्डफिल साइटमै धुनिबेसी नगरपालिका, ककनी र बेलकोटगढी गाउँपालिकाका प्रमुख, जनप्रतिनिधि र स्थानीय आन्दोलनरत जनताबीच वार्ता हुनेछ । वार्तापछि मात्र फोहोर खसाल्न दिने कि नदिने भन्ने विषयमा निर्णय हुनेछ । बुधबारबाट फोहोर उठन नसकेपछि राजधानी लगायत १८ स्थानीय निकायको फोहोर सडकमै थुप्रिन थालेको छ । आज हुने वार्ताले सही निष्कर्ष निकाल्ने विश्वास दुवै पक्षको छ ।

यसैबीच शुक्रवार मन्त्रालयका सचिव सिग्देल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इं र कामपा वातावरण विभाग प्रमुख सरिता राईलगायतको उपस्थितिमा भएको वार्ता भनाभनमै टुंगिएको थियो ।

एकोहोरो आफ्नो धारणा राखेका स्थानीय तहका प्रमुख र स्थानीयले बैठकमा सहभागी सरकारी निकायका अधिकारीको कुरै सुन्न चाहेनन् । फोहोर बोकेका गाडीहरू आज चार दिनदेखि बीच बाटोमै छन् । फाहोर विसर्जन र वार्ता सँगसँगै लैजान गरेको अनुरोध स्थानीयले ठाडै अस्वीकार गरे । स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयहरूले कामपासहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकेका थिए । उनीहरूले बालेन्द्र साहसँग गरेको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका थिए । उनीहरूले तत्काल समस्या समाधान नभएसम्म फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् ।

एकोहोरो आफ्नो धारणा राखेका स्थानीय तहका प्रमुख र स्थानीयले बैठकमा सहभागी सरकारी निकायका अधिकारीको कुरै सुन्न चाहेनन् । एकोहोरो रूपमा मन्त्री र मेयरसँग मात्र वार्ता गर्ने अडान दोहो¥याएका थिए । फोहोर बोकेका गाडीहरू चार दिनदेखि बीच बाटोमै छन् । फाहोर विसर्जन र वार्ता सँगसँगै लैजान गरेको अनुरोध स्थानीयले ठाडै अस्वीकार गरे । २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयहरूले काठमाडौं महानगरपालिकासहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकेका थिए । उनीहरूले बालेन्द्र साहसँग गरेको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका थिए । उनीहरूले तत्काल समस्या समाधान नभएसम्म फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ का अध्यक्ष पदमबहादुर बलामीले भन्नुभयो– ‘सहमतिबेगर फोहोर ल्याए हामी सशक्त प्रतिकार गर्नेछांै । यो आन्दोलन ककनीका जनताको मात्र होइन । सिंगो धुनिबेसी नगरपालिका, ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाको जनताको हो ।’ उहाँले आफूहरू अब मन्त्रालय गएर वार्ता नगर्ने अडान दोहो¥याउँदै मन्त्री र मेयर ल्यान्डफिल साइटमै आउनुपर्नेमा जोड दिँदै भन्नुभयो– ‘हाम्रो माग एउटा मात्र छ ।

फोहोर सधैको लागि बन्द गर्ने । यदि फेरि यही स्थानमा फोहोर ल्याउन हो भने विगतमा भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्छ ।’ ककनी अध्यक्ष सुमन तामाङले सरकारले अतिप्रभावित स्थानीय जनताको मागलाई बेवास्ता गरेको आरोप लगाउनुभयो । स्थानीय प्रतिनिधि निराजन सञ्जेलले मेयर साहप्रति आक्रोश पोख्दै भन्नुभयो– ‘मेयर बालेन भागेर हिँड्नुभएको छ । हामीसँग वार्ता गर्ने हिम्मत राख्नुस् ।’ स्थानीयले मेयर साहसँग पटक पटक भेट्न आग्रह गर्दा पनि भेट नदिएको गुनासो थियो ।

गाउँपालिका अध्यक्ष तामाङले फोहोर र मान्छेसँगै बस्न नसक्ने जिकिर गर्दै चेतावनी दिनुभयो– ‘अलि पछि रोग लागेर मर्नुभन्दा अहिले लडेर मर्नु नै ठिक हुन्छ । हामी मर्न तयार छौं ।’ बन्चरेमा फोहोर खसाल्न थालेपछि सयांै मान्छे क्यान्सरजस्तो घातक रोगले ग्रसित भएको स्थानीयको भर्ना थियो ।

स्थानीयले मुख्यसचिव एकनारायण अर्याल, गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत बन्चरेडाँडाको समस्याबारे थाहा नभएको हो कि भन्दै प्रश्न गरेका थिए । मेयर साहले बोलेपछि सिंहदरबारले सुन्ने, तर ककनी गाउँपालिका अध्यक्ष, धुनबेसी नगरपालिका मेयरले भनेको नसुन्ने शैलीप्रति स्थानीय युवाको आक्रोश थियो ।

धुनीबेसीका स्थानीय नरोज तामाङले २० वर्षदेखि फोहोर व्यवस्थापन गर्न नसकेकोमा मन्त्रालय र कामपामाथि आक्रोस पोख्दै भन्नुभयो– ‘मेयर साह रातभर स्टाटस लेख्ने, तर दिनभर गायब हुने गरेका छन् । हाम्रो मागको सुनुवाई नभएसम्म फोहोर फ्याक्न दिँदैनांै ।’ उहाँले अबको वार्ता बन्चरे डाँडामै हुनुपर्ने र त्यहाँ वार्ता नभए फोहोर लैजान नदिने चेतावनी दिनुभयो ।

बेलकोटगढी नगरपालिका २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाले सरकारले स्थानीयलाई मूर्ख बनाइरहेको र आफूहरूलाई अझै मूर्ख सम्झिएको भन्दै आपत्ति जनाउनुभयो । विभागकी प्रमुख राईले फोहोर वर्गीकरण गरेर २० प्रतिशत फोहोर मात्रै डिस्पोजल गर्ने तयारी गरेको बताउँदै गर्दा छलफलमा उपस्थित स्थानीयले होहल्ला गरेका थिए ।

अहिले फोहोर बेच्ने टेन्डर प्रक्रियामा रहेको र फोहोर स्रोतमै वर्गीकरण गर्ने तयारीमा रहेको जानकारी दिँदै राईले भन्नुभयो– ‘ट्रान्सफर स्टेसन स्थापना गर्न लागि टेन्डर आह्वान भइसकेको छ र जग्गा प्राप्तिका लागि मन्त्रालयसँग समन्वय गरिरहेका छांै ।’
बुधबार फोहोर बोकेको गाडी सिसडोल पुगेपछि स्थानीयले अवरोध गरेका थिए ।

स्थानीयले आफ्नो माग पूरा नभएसम्म फोहोर आज पनि फोहोर विसर्जन गर्न नदिने अडान दोहो¥याएका छन् । स्थानीयले करिब दुईसाताअघि सहरी विकासमन्त्री कुलमान घिसिङलाई मागपत्र पेस गर्दै उक्त माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । अल्टिमेटम दिएको समय सकिएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

आज पनि फोहोर विसर्जन हुने सम्भवना कम छ । कामपाले शुक्रवार सूचना जारी गरी घर वा आफ्नो व्यवसायको फोहोर सम्बन्धित स्थानमै व्वस्थापन गर्न र बाहिर ननिकाल्न आग्रह गरेको छ । ललितपुर महानगरपालिकाले पनि सोही आग्रह गरेको छ ।
ढुवानी ठप्प भएपछि बुधबार कामपाले गृह, सहरी विकास र काठमाडौं सीडीयो कार्यालयलाई जानकारी दिएको थियो । सरकारले चाहेमा तत्काल समस्या समाधान हुन सक्ने तर कामपाले कुनै पनि निर्णय गर्न नसक्ने भनाइ कामपाको छ ।
तथ्याङ्कअनुसार बन्चरेडाँडा ल्यान्डफिल साइटमा दैनिक १ हजार ४ सय टन फोहोर विसर्जन हुने गरेको छ ।

त्यसमध्ये कामपाबाट दैनिक ७ सय र ललितपुर महानगरपालिकाबाट दैनिक करिब १ सय ५० टन फोहोर व्यवस्थापन हुने गरेको छ ।त्यसबाहेक अन्य १६ स्थानीय निकायबाट करिब ५ सय ५० टन फोहोर बन्चरे ल्यान्डफिल साइटमा लैजाने गरेको छ । फोहोर विसर्जनमा रोक लगाउने निर्णय भएपछि कामपालगायत सबै स्थानीय निकायलाई गम्भीर समस्या पर्ने देखिएको छ ।