Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


नेकपा एससँग पार्टी एकता गर्ने निर्णयप्रति माओवादी केन्द्रका नेता शर्माको आपत्ति

एकता मान्य नहुने चेतावनी

2.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्नेकुरा मान्य नहुने चेतावनी दिनुभएको छ।

पार्टी एकताको बारेमा अन्तिम निर्णय लिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकमा उहाँले सोही कुरा मान्य नहुने धारणा राख्दै बैठकबाट बाहिरिनुभएको हो। पार्टीको महाधिवेशनलाई छल्न, नेतृत्व हस्तान्तरणको मुद्दालाई आझेलमा पार्नेगरी संयोजक पुष्पकमल दाहालले नेकपा एससँग पार्टी एकता गर्ने कुरालाई अघि बढाएको र त्यसले पार्टीलाई कुनै पनि हालतमा हित नगर्ने उहाँको जिकिर थियो।

उहाँले अध्यक्ष दाहालले नेकपा एससँग माओ विचारलाई परित्याग हुनेगरी जनताको बहुदलीय जनवादको आधारभूत कुराहरुमा अघि बढ्ने सहमतिसहित अघि बढेकाले त्यसमा आफूहरु सहमत हुन नसक्ने समेत बताउनुभएको छ। नेता शर्माले संयोजक दाहालले महाधिवेशनमा आफ्नो पक्षमा बहुमत पुर्याउन पनि नेकपा एससँग एकता गर्न लागेको भन्दै आपत्ति समेत प्रकट गर्नुभयो ।