Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


पोखरामा एमालेकाे शक्ति प्रदर्शन


2.4k
Shares

काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी कास्कीले संविधानको रक्षाका लागि पोखरामा मोटरसाइकल र्‍याली निकालेको छ।

पोखरा सभागृहबाट शनिबार शुरु भएको र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सिर्जनाचोक र लेकसाइड हुँदै शहीद चोकमा आएर कोणसभामा परिणत भएको हाे। एमालेले संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताविरुद्ध मोटरसाइकल र्‍याली निकाल्ने भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बताउनुभयाे।

र्यालीमा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, जगत विश्वकर्मा, पोलिटब्यूरो सदस्य महेश बस्नेत र राजीव पहारीसहितका नेता सहभागी भएका थिए। कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर र्‍याली गरेका हुन्। एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरू र्‍यालीमा सहभागी भएका थिए।