एजेन्सी । एसिया–प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताहरूले शनिबार आफ्नो वार्षिक एपेक शिखर सम्मेलन सम्पन्न गर्दै क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता जनाएका छन् ।
यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार युद्ध अन्त्य गर्न सहमति भएको केही दिनपछि आएको हो । २ दिनसम्म दक्षिण कोरियाको ऐतिहासिक सहर ग्योङ्जुमा चलेको एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेताहरूले विश्वव्यापी आर्थिक चुनौतीहरू पार गर्न सहयोग र बहुपक्षीयतामा जोड दिएका छन् ।
उनीहरूले विश्वको २ ठूला अर्थतन्त्र-अमेरिका र चीनबीचको तनावले प्रभावित भएको आर्थिक सन्तुलन पुनःस्थापना गर्न सँगै अघि बढ्ने दृढता व्यक्त गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्