काठमाडाैं । नेपालमा पहिलो पटक कोरियन एजुकेशन फेयर हुने भएको छ।
काठमाडौंमा शनिबार नेपाल शैक्षिक परामर्श सेवा संघले पत्रकार सम्मेलन गरेर सोही जानकारी दिएको हो । दक्षिण कोरिया नेपाली विद्यार्थीको आर्कषक गन्तव्य बन्दै गएको संघले जनाएकाे छ। कोरियाली विश्वविद्यालयले कम शुल्कमा नै गुणस्तरीय शिक्षा प्रदान गर्ने संघ काे दावी थियाे।
मेला को-अडिनेटर रविन ढकालले यहि कात्तिक २२ गते शनिबार होटल एभरेष्टमा एजुकेशन फेयर हुने जानकारी दिनुभयो । उहाँले कोरियालाई वैदेशिक अध्ययनको गन्तव्य बनाउन चाहनेलाई उक्त फेयरमा सहभागी हुन आग्रह समेत गर्नुभएकाे छ।
कोरियामा अंग्रेजी भाषामा स्नातक पढ्न पाईने, शत प्रतिशतसम्मको छात्रवृत्ति, अध्ययनपछि पार्टटाईम जब र पढाईसकिएपछि वर्किक भिषा पाईने लगायतका सुविधा रहेको संघले जनाएको हाे ।




प्रतिक्रिया दिनुहोस्