Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


साहित्यकार दुर्गालाल श्रेष्ठद्वार लिखित ६ वटा पुस्तक एकै पटक सार्वजनिक


130
Shares

काठमाडाैं । नेपाल भाषा साहित्य क्षेत्रमा जनकवि उपाधीबाट चर्चित साहित्यकार दुर्गालाल श्रेष्ठका लिखित ६ वटा पुस्तक एकै पटक सार्वजनिक भएको छ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कवि श्रेष्ठबाट रचित ५ वटा र अनुदित एउटा गरी ६ वटा पुस्तकको लोकार्पण गर्नुभएकाे हाे । कार्यक्रममा कावा, हस्ताक्षर, छुं छुं गिजिमिजि, कपूया कुँ, नःलिगु नुगःखँ, कविया बाखं कविया भासं सार्वजनिक गरिएको थियाे ।

कावा पुस्तकलाई कवि श्रेष्ठकै हस्त लिखित अक्षरबाट बनाइएको दुर्गालाल श्रेष्ठ फन्टबाटै तयार गरिएको छ । कार्यक्रममा नेपाल भाषा एकेडेमिका चान्सलर मल्ल के. सुन्दर र कवि सुरेश किरण मानन्धरबीच जनकवि श्रेष्ठको कविताको प्रवृत्ति र श्रेष्ठसँगको यादलाई लिएर अन्तरक्रिया गरिएको थियो ।

सोही कार्यक्रममा कवि श्रेष्ठबाट रचित गीत ‘जिगु गर्व’ पनि सार्वजनिक गरिएको थियो । रत्नशोभा महर्जनबाट गाइएको उक्त गीतमा संगीत गुजे मालाकारको रहेको छ । म्यूजिक भिडियोको निर्देशन विश्वास बज्राचार्यले गर्नुभएकाे थियाे ।