 
	    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका एक दर्जन बढी नेताहरु नेकपा माओवादी केन्द्रसँगको एकतामा सामेल नहुने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार जारी पार्टी केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्ने बताएको हाे । यद्यपि पार्टीको विभिन्न जिम्मेवारीमा रहेका एक दर्जन भन्दा बढी नेताहरु एकतामा समाहित नहुने समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले माओवादीसँग वाम एकता नभई पार्टी मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरु एकतामा समाहित नहुने बताउनुभएकाे छ।
पार्टी मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा पार्टीभित्र तानाशाही प्रवृत्तिलाई बढावा दिने उहाँको बुझाई छ । उहाँले वाम एकताका लागि नेकपा एमाले लगायतका अन्य राजनीतिक दलहरुसँग संवाद समेत नगरेको कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने बताउनुभयो । वाम आन्दोलनलाई बलियो बनाउने कुरा भन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हावी भएको कारण आफूहरु पार्टी एकतामा सामेल नहुने उहाँको भनाइ छ ।
पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग जाने निर्णय गरे पनि ठूलो संख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको नेतृ झाँक्रीले बताउनुभयाे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्