 
	    काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम भएको गुनासो गरेका छन् ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै सुनारले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि नभएका कुराहरू लेखेर आफूलाई बदनाम गराएको गुनासो गरेका हुन् । सुनारले जाजरकोटका नवराज बिकसहितको सामूहिक हत्या भए जस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको आराेप लगाएका छन् ।
आफू मन्त्रीको दौडमा विगतमा पनि नरहेको र आगामी दिनमा समेत नरहने बताउदै सञ्चारमाध्यमबाटै मन्त्री बन्ने खबर पाएको उनकाे भनाइ थियाे । उनले आफू अहिले पनि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा रहेको समेत उल्लेख गरेका छन् ।
आफूमाथि लागेको आरोप पुष्टि भएको खण्डमा हतकडी लगाएर लैजान सुनारले आग्रह गरेका छन् । आफूमाथि भएको प्रहारले आफूलाई अझ बलियो र दह्रो बनाएको उहाँकाे भनाइ थियाे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्