Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा


1k
Shares

काठमाडाैं । अखिल नेपाल फुटबल संघले एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्वन गरेको छ।

एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले खड्कालाई अर्को साधारणसभासम्मका लागि निलम्बन गरेको हो । एन्फाको विधानको धारा ३२ (२) र (६) बमोजिम आकस्मिक भिडियो कन्फरेन्स बैठक राखेर उनलाई निलम्वन गरिएको हो ।

भिडियो कन्फेरेन्समा छलफलको एजेण्डा नै एन्फा विधानको धारा ३८ (१६) अनुसार खड्कामाथि अनुशासनको कारबाही गर्ने सम्बन्धी रहेको थियो ।