Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ओली र लेखकविरूद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चकाे अस्वीकार


4.8k
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ।

अदालतले शुक्रबार सरकारको अनुमतिबिना उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकेको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न समेत सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी गरेको छ।

अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई स्थानहद तोक्नु कानून विपरीत हुने भन्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।