काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएकाे छ।
अर्थ मन्त्रालयमा बिहीबार बसेको केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री खनालले यस्तो बताउनुभएकाे हाे । उहाँले बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि जिल्लास्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्ने र राजस्व चुहावट नियन्त्रणका लागि सबैको सामूहिक प्रयास रहेको बताउनुभयाे ।
सबै निकायहरूबीच सूचनाको आदान प्रदान, जिल्ला स्तरमा सचेतना कार्यक्रमको आयोजना गर्ने, समितिका आगामी बैठकहरू अन्य कार्यालयहरु, निकायहरुमा गर्ने र जिल्लास्तरका चुहावट नियन्त्रणमा संलग्न कार्यालयहरूलाई पनि अनलाइनमा जोडेर संयुक्त रूपमा गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा अर्थमन्त्री खनालले निर्देशन दिनुभएकाे छ।




प्रतिक्रिया दिनुहोस्