Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


वीपी राजमार्गमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक (विज्ञप्तिसहित)


845
Shares

काठमाडाैं । वीपी राजमार्गमा बिहीबार रातिदेखि शुक्रबार रातिसम्म सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जिल्ला प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन् । काभ्रेपलाञ्चोक प्रशासनका अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म वीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुली सडक खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काभ्रे प्रशासनले बिहीबार एक सूचना जारी गर्दै रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधन रोक्नसक्ने जनाएकाे छ।