काठमाडाैं । महोत्तरीमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयवासीले बिहीबार सडक अवरुद्ध गरेका छन् ।
औरही नगरपालिका–४ कटुधारमा बालिकाको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका प्रहरीले बताएकाे हाे। बुधबार दिउँसाे मोटरसाइकको ठक्करबाट साइकलमा जाँदै गरेकी स्थानीय गोविन्द यादवका १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको छ ।
स्थानीय सन्ध्या यादवसँगै साइकलमा जाँदै गरेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा शिवानी गम्भीर घाइते भएकी थिइन् । शिवानीकाे उपचारको क्रममा बुधबार राति नै महोत्तरीको जानकी एकेडेमिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएकाे हाे।




प्रतिक्रिया दिनुहोस्