Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा


598
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईका अनुसार रसले ह्वाट्स एपबाट आफूले राजीनामा दिएको जानकारी दिएका हुन् ।

गत फागुनमा एक बर्षका लागि नियुक्त भएका म्याट रसले आफ्नो कार्यकाल पुरा नहुँदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनको राजीनामाको कारण भने स्पष्ट भएको छैन ।