काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी जिनपिङबित आज भेटवार्ता हुँदैछ ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरुबिच दक्षिण कोरियाको बुसानमा रहेको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा बैठक हुने अपेक्षा गरिएको छ ।
चिनियाँ राष्ट्रपति सी एपेक शिखर सम्मेलनको लागि दक्षिण कोरिया पुगेको केही समयपछि र ट्रम्प उसिया भ्रमण सकाएर उड्नुभन्दा ठीक अघि दक्षिण कोरियाली शहर बुसानमा वार्ता तय गरिएको हो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प फर्किएलगत्तै उनले बढाएको भन्सार शुल्कहरुले विश्व व्यापारमा उथलपथल ल्याईदिएको छ । अहिले भने चिन र अमेरिका दुई पक्षीय व्यापार सम्झौताको लागि पहिलेभन्दा नजिक देखिएका छन् ।
विश्वका दुई ठूला अर्थतन्त्रका नेताहरुबिच हुन लागेको वार्ताले विश्व व्यापारको भविष्य मोडिने विश्वास गरिएको छ । दुवै पक्षका अधिकारीहरूले यस हप्ताको सुरुमै व्यापार सम्झौतामा प्रारम्भिक सहमति जुटेको बताएका थिए ।




प्रतिक्रिया दिनुहोस्