बैतडी।
बैतडीकाे मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने चार जना घाइते भएका छन् ।
शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।




प्रतिक्रिया दिनुहोस्