काठमाडौं । नेपाली सेनाले हिमपातमा फसेका १ हजार ५ सय जना पयर्टकको उद्धार गरेको छ ।
मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार गरिएको सैनिक मुख्यालयले जनाएको छ।
सेनाले मनाङस्थित सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीका साथै प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा लगिएको बताएको हाे।




प्रतिक्रिया दिनुहोस्