Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


मुस्ताङमा भारी हिमपातका कारण सवारी आवागमनमा समस्या, जनजीवन पनि प्रभावित


221
Shares


काठमाडाैं ।
मुस्ताङमा बुधबार बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ ।

चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको ५ किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरीले बताएकाे हाे। चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा ८ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ।

मंगलबारबार लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए । त्यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी–मुक्तिनाथ सडक हाल सञ्चालन भएको प्रहरीले बताएकाे छ।

मंगलबार दिनभरी परेको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो । भारी हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे हाे ।