Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


बागमतीसहित ५ प्रदेशमा आज दिउँसाे र राति वर्षा-हिमपात हुने


2.3k
Shares

काठमाडाैं। हाल देशमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

बुधबार बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम धुमल्लिएको जल तथा मौसम विज्ञान विभागले जनाएकाे हाे । जताततै तुँवालो लागेको छ।आगामी शनिबारसम्म मौसम प्रतिकूल हुने विभागले जनाएकाे छ। त्यस्तै, मंगलबारदेखि नै देशैभरीकाे मौसम प्रतिकूलताका कारण हवाई उडानमा पनि समस्या बनेको छ। दैनिक जनजीवन समेत कष्टकर बनेको हाे।

विभागले बुधबार दिउँसाे भने देशैभरी साधारणतया माैसममा बदली हुने जानकारी गराएकाे हाे। कोशी, बागमती -गण्डकी प्रदेशका पहाडी तथा हिमाली र बाँकी भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ ।

बुधबार राति भने देशैभरी साधारणतया बदली रहने भएकाे हाे । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानरूमा मध्यम वर्षा-हिमपातकाे समेत सम्भावना रहेकाे छ। साथै बाँकी प्रदेशका केही स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएकाे हाे।