काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी कार्यालय असुरक्षित हुने, हातहतियार लुटिने र स्वयं प्रहरी कर्मचारकाे मृत्यु हुने स्थितिका जिम्मेवार प्रहरीमाथि कारबाहीको तयारी गरेकाे छ।
सरकारले प्रहरी विशेष अदालतको गठन गरेर उनीहरुलाई अनुसन्धानमा तान्ने भएको हो । गृह मन्त्रालय स्रोतका अनुसार ३ तहको प्रहरी अदालत गठन गरेर पदाधिकारी तोकिनेछ । सरकारले गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न र दोषीलाई कारवाही सिफारिस गर्नका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको आयोग गठन गरेको छ।
उक्त आयोगले प्रहरीले फौजदारी कसुरसहित उसले गर्नुपर्ने कामहरुमा कुनै बाधा नभएको जनाएको थियो । त्यसैले प्रहरी विशेष अदालत गठनमा जाँचबुझ आयोग बाधक नभएको मन्त्रालय स्रोतले जनाएकाे छ। त्यस्तो अदालत हप्ता–दश दिनभित्रै गठन गर्ने गरी आन्तरिक तयारी भइरहेको स्रोतले बताएकाे हाे ।
नेपाल प्रहरी ऐन– २०१२ को दफा ३६ ले गरेको व्यवस्था अनुसार प्रहरी विशेष अदालतको स्थापना हुन लागेको छ।




प्रतिक्रिया दिनुहोस्