Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


पूर्वप्रधानमन्त्री नेपालका सबै सुरक्षाकर्मी फिर्ता गर्ने सरकारकाे तयारी


7.1k
Shares

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको छ ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा उहाँले पाउँदै आउनुभएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएकाे हाे। सरकारले उहाँलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मीको रुपमा उपलब्ध गराउँदै आएको थियो ।

पूर्वप्रधानमन्त्री नेपाल भ्रष्टाचार अभियुक्त भएका कारणले सुविधा कटौती गरिएको स्रोतले जनाएकाे छ।