काठमाडौं । यहि कार्तिक १० गते रातिदेखि देशका केही जिल्लाका उच्च पहाडी-हिमाली भू-भागमा वर्षासँगै परेको हिमपातका कारण फसेका पर्यटकहरूको सुरक्षित स्थानमा स्थानान्तरण गरिउकाे छ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई स्थानान्तरणका साथै उद्धार गरिएकाे हाे । हिउँका कारण फसेका ७ सय ५० जनालाई मनाङको तिलिचो बेस क्याम्पबाट डिस्याङ गाउँपालिका–९ स्थित खाङसारसम्म सुरक्षित साथ ल्याइएको सशस्त्र प्रहरी बलले बताएकाे छ। त्यसैगरी ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षित साथ राखिएको हाे ।
मनाङ घुम्न गएका पर्यटकहरुलाई बस्ने र खानाको खाङसारमा पर्याप्त ठाउँ नभएपछि केही पर्यटकहरुलाई सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको प्रहरीले बताएकाे छ। त्यसैगरी काठमाडौं महानगरपालिका–३१ बस्ने ४५ वर्षका वीरेन्द्र रसाइलीको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको हाे । तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा उनलाई एक्कासी लेक लागी बेहोस भए पश्चात सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको सुरक्षा फौजले उनलाई स्टेचरमा राखेर खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो।
मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भू-भाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरुको उद्धारमा सहजता भएको प्रहरीले बताएकाे छ। देशका हिमाली भू-भागमा भारी हिमपातका कारण जनजीवन कष्टकर भएकाे हाे।
गण्डकीको मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा र कास्कीका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । मनाङ, मुस्ताङ, म्याग्दी र कास्कीसहितका प्रशासनले सूचना जारी गर्दै उच्च भागमा हिमपात भएकाले पदयात्रा नगर्न आग्रह गरेका छन् । म्याग्दी प्रशासनले नर्थ अन्नपूर्ण बेस क्याम्प जाने पर्यटकलाई रोक लगाएको छ। हिमपात भएसँगै यात्रा असहज हुने भएकाले भुरुङ तातोपानीबाट माथि जान समेत लगाइएको हाे।




प्रतिक्रिया दिनुहोस्